ad ad

खेल


मार्टिनेजको गोलमा अर्जेन्टिना क्वार्टरफाइनलमा

मार्टिनेजको गोलमा अर्जेन्टिना क्वार्टरफाइनलमा

नेपालखबर
असार १२, २०८१ बुधबार १०:५८, काठमाडौँ

साविक विजेता अर्जेन्टिना चिलीलाई हराउँदै कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

बुधबार बिहान भएकाे खेलको ८८औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो जित दिलाएका हुन्।

कप्तान लियोनल मेस्सीले कर्नर प्रहार गरेपछि रिबाउन्स भएको बललाई मार्टिनेजले डिबक्सभित्रैबाट सहजै गोलमा परिणत गरे। मार्टिनेज जुलियन अल्भारेजको स्थानमा ७४औं मिनेटमा मैदान छिरेका थिए। 

खेलको अतिरिक्त समयमा भने मार्टिनेजले दोस्रो गोलको अवसर खेर फाले। एन्जल डिमारियाले डिफन्डरलाई बिट गर्दै दिएको पासमा मार्टिनेजको फितलो प्रहार चिलीका गोलरक्षक क्लाउडिओ ब्राभोले विफल बनाए।

चिलीले पनि केही अवसर खेर फाल्दा अन्तिम ८ को मौका कठिन बनेको छ। 

समूह एमा दुवै खेल जितेको अर्जेन्टिना ६ अंकसहित शीर्ष स्थानमा छ। पेरुलाई हराउँदै क्यानडा दोस्रो स्थानमा उक्लिएको छ।

पहिलो खेलमा क्यानडा अर्जेन्टिनासँग २–० ले हारेको थियो। 

त्यो खेलमा पनि मार्टिनेजले ८८औं मिनेटमा नै गोल गरेको थिए। त्यसअघि अल्भारेजले ४९औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। पहिलो खेलमा चिली र पेरुले गोलरहित बराबरी खेलेका थिए। 

समूहको अन्तिम खेलमा अर्जेन्टिना र पेर भिड्दा चिलीले क्यानडाको सामना गर्नेछ।

समूहको अन्तिम खेलअघिसम्म सबै टोलीलाई नकआउट पुग्ने ढोका खुला छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .