ad ad

खेल


कोस्टारिकालाई पराजित गर्दै कोलम्बिया एक खेल अगावै क्वार्टर फाइनलमा

कोस्टारिकालाई पराजित गर्दै कोलम्बिया एक खेल अगावै क्वार्टर फाइनलमा

नेपालखबर
असार १५, २०८१ शनिबार ७:४५, काठमाडौँ

कोस्टारिकालाई पराजित गर्दै कोलम्बिया एक खेल अगावै कोपा अमेरिका २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

गएराति भएको खेलमा कोस्टारिकामाथि ३–० को सहज जित निकाल्दै कोलम्बिया समूह डी बाट क्वार्टरफाइनलमा पुगेको हो। 

कोलम्वियाको जितमा लुइस डियाज, डाभिन्सन सान्चेज र जोन कोर्डोवाले समान एक गोल गरे।

पहिलो हाफको ३१ औँ मिनेटमा लुइस डियाजले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको ५९ औँ मिनेटमा डाभिन्सनले टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। ६२ औँ मिनेटमा कोर्डोवाको गोलमा कोलम्बियाले ३–० को फराकिलो जित दर्ता गरे। 

जितसँगै समूह डी मा रहेको कोलम्बियाले २ खेलबाट ६ अंक बनाएको छ। समान खेलबाट पराजित कोस्टारिकाको १ अंक छ।

समूह डी मा अन्तर्गत कै अर्को खेलमा अहिले ब्राजिल र पाराग्वेबीच खेल भैरहेको छ। खेलको पहिलो हाफ जारी रहँदा ब्राजिल २–० ले अघि छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .