ad ad

खेल


जुडोकी मनिताले पेरिस ओलम्पिक खेल्ने

जुडोकी मनिताले पेरिस ओलम्पिक खेल्ने

नेपालखबर
असार १२, २०८१ बुधबार १३:३९, काठमाडौँ

जुडो खेलाडी मनिता श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने पक्का भएको छ। 

मनिताले वाइल्ड कार्ड मार्फत् ओलम्पिकमा स्थान बनाएकी नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। छनोट चरण पार गर्न नसक्ने खेलाडीले वाइल्ड कार्ड मार्फत् सहभागी हुन पाइन्छ। 

मनिताले ५७ केजी तौल मुनिको समूहमा ओलम्पिक खेल्नेछिन्। योसँगै पेरिस ओलम्पिक नेपाली खेलाडीको संख्या ७ पुगेको छ। 

पेरिस ओलम्पिकमा सिधै छनोट भएर खेल्ने टेवल टेनिसका स्यान्टु श्रेष्ठ मात्र हुन्। 

ओलम्पिकमा सिधै छनोट भएर खेल्ने स्यान्टु तेस्रा नेपाली खेलाडी हुन्। यसअघि तेक्वान्दोकी संगिना वैद्यले सन् २००४ को एथेन्स ओलम्पिक र तेक्वान्दोकै दिपक विष्टले २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेका थिए। 

यस्तै पौडीकी डुवाना लामा र एलेक्सजेन्डर शाह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले युनिभिर्सियालिटी कोटाबाट ओलम्पिक खेल्नेछन्। 

एथलेटिक्स र पौडीमा युनिभर्सियालिटी कोटा हुन्छ। यस्तै सुटिङ खेलाडी सुष्मिता नेपालले पेरिस ओलम्पिक २०२४ खेल्नेछिन्। पेरिस ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म हुँदैछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .