ad ad

खेल


उद्योग वाणिज्य महासंघद्वारा पलेशालाई ३ लाख नगदसहित सम्मान

उद्योग वाणिज्य महासंघद्वारा पलेशालाई ३ लाख नगदसहित सम्मान

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १८:५८, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रको गौरव बढाउने खेलाडीहरुलाई निजी क्षेत्रले प्रोत्साहनस्वरुप सहयोग र सम्मान गर्नुपर्ने बताएका छन्।

शुक्रवार महासंघको कार्यालयमा पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवर्धनलाई महासंघको तर्फबाट सम्मान गर्दै यस्तो बताएका हुन्। महासंघले गोवर्धनलाई ३ लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चिस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो।

उनले पेरिस ओलम्पिककै इतिहासमा नेपाललाई पदक जिताउन सफल पलेशालाई अझ प्रेरणा र प्रोत्साहन दिनुपर्ने बताए। उनले पलेशा जस्तो प्रतिभालाई हरेक निजी क्षेत्रका संस्थाहरुले सम्मान गर्नुपर्ने बताए। पलेशाको जितले खेलकुद क्षेत्रमा र खेल क्षेत्रमा लाग्ने खेलाडीको लागि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘गौरव बढाउनका लागि पहिलो पटक ६० वर्षको इतिहासमा पहिलो पटक पदक प्राप्त भएको छ। धेरै धेरे बधाई छ, निजी क्षेत्रको तर्फबाट। प्रशिक्षकज्यू जो हुनुहुन्छ, आउने दिनमा यहाँको प्रशिक्षण उहाँ जस्ता अझ धेरै खेलाडीहरुलाई पदक दिन अझ प्रेरणा मिल्नेछ। यस्तो प्रतिभालाई हरेक निजी क्षेत्रका संस्था र निजी क्षेत्रले सम्मान गर्नुपर्छ।’

सम्मान ग्रहण गर्दै पलेशाले ओलम्पिकको पहिलो मेडल जित्न पाएकोमा खुशी लागेको बताइन्। उनले पदक जितेसँगै आफूले एउटा उद्देश्य पूरा गरेको महशुस गरेको बताइन्। सबैको साथ र सहयोग भए अर्को ओलम्पिकमा पनि पदक जित्ने बताइन्। प्रयास गरे असम्भव केही नभएको उनको भनाई थियो। पहिला नै राज्यले हेरेको भए आफूले गोल्ड मेडल नै जित्ने दाबीसमेत गरिन्।

उनले भनिन्, ‘ओलम्पिकको पहिलो मेडल हो। यसमा म पनि धेरै खुशी छ। मैले मेरो एउटा उद्देश्य पूरा गरेको छु जस्तो लागेको छ। सबैको साथ र सहयोग भए अर्को ओलम्पिकमा पनि पदक ल्याउनेछु भन्ने आशावादी छु। प्रयास गर्दा केही असम्भव छैन। पहिला नै राज्यले हेरेको भए हामीले गोल्ड नै ल्याउने थियौँ होला। एउटा असम्भव कुरालाई सम्भव गरेर देखायौँ। अझ पनि भन्नेछु म प्रयास गर्नेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .