ad ad

खेल


एसियन हक्की च्याम्पियन्स ट्रफी: दक्षिण कोरियालाई हराउँदै भारत फाइनलमा

एसियन हक्की च्याम्पियन्स ट्रफी: दक्षिण कोरियालाई हराउँदै भारत फाइनलमा

नेपालखबर
भदौ ३१, २०८१ सोमबार २०:१६, काठमाडौँ

दक्षिण कोरियालाई हराउँदै भारत एसियन हक्की च्याम्पियन्स ट्रफी २०२४ को फाइनलमा पुगेको छ।

सोमबार भएको सेमिफाइनलमा भारतले दक्षिण कोरियालाई ४–१ गोल ​​अन्तरले हराएको हो। 

भारतका लागि हरमनप्रीत सिंहले दुई गोल गरे भने उत्तम सिंह र जर्मनप्रीत सिंहले एक/एक गोल गरे। दक्षिण कोरियाका लागि याङ जिहुनले एक गोल गरे।

अब फाइनलमा भारत मंगलबार चीनसँग भिड्नेछ। चीन यसअघि भएको सेमिफाइनलमा पाकिस्तानलाई २–० ले हराउँदै फाइनलमा पुगेको हो। 

भारतले दक्षिण कोरियाभन्दा अगाडि पाकिस्तान, चीन, जापान र मलेसियालाई हराएको थियो। 

यस प्रतियोगितामा भारतले अहिलेसम्म एउटा पनि खेल हारेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .