ad ad

खेल


वर्नमाउथमाथि लिभरपुलको सहज जित

वर्नमाउथमाथि लिभरपुलको सहज जित

नेपालखबर
असोज ६, २०८१ आइतबार ५:२९, काठमाडौँ

वर्नमाउथमाथि जित निकाल्दै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। 

शनिबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले वर्नमाउथमाथि ३–० को सहज जित निकालेको हो। 

जारी लिगका पाँच खेलमा चौथो जित निकालेको लिभरपुल १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। एक खेल कम खेलेको म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ। 

लिभरपुलको जितमा लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे। लिभरपुलले तिनै गोल पहिलो हाफमा गर्यो। 

पहिलो हाफको २६ औँ मिनेटमा लुइस डियाजको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। 

त्यसको दुई मिनेटमा नै व्यक्तिगत दोस्रो गोल गर्दै डियाजले टोलीको अग्रता दोब्बर पारे। पहिलो हाफको ३७ औँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई सहजै ३–० को अग्रता दिलाए। 

त्यसपछि खेलमा थप गोल हुन नसक्दा लिभरपुलले अंक तालिकामा तीन अंक थपेको हो। 

गएराति नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

गएराति भएका अन्य खेलको नतिजा यसप्रकार छ
वेष्टह्यामविरुद्ध चेल्सी– ०–३
एष्टोनभिल्लाविरुद्ध वुल्भ्स– ३–१
फुलहामविरुद्ध न्यु क्यासल– ३–१
लेष्टर सिटीविरुद्ध एभर्टन– १–१
साउथ हेप्टनविरुद्ध एप्सविच टाउन– १–१
टोटनहमविरुद्ध ब्रेनफोर्ड–३–१
क्रिष्टल प्यालेसविरुद्ध म्यानचेष्टर युनाइटेड– ०–०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .