इङल्यान्डका कप्तान ह्यारी केन बुन्डेस लिग इतिहासमा सर्वाधिक गोल गर्ने इङ्लिस खेलाडी बनेका छन्।
गएराति भएको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमेनमाथि ५–० को फराकिलो जित दर्ता गर्दा केनले एक गोल आफ्नो नाममा गरेका थिए।
बुन्डेस लिगामा केनको ३६ खेलमा यो ४१ औँ लिग गोल हो। यसअघि बोरुसिया डर्टमन्र्डका लागि जाडोन सान्चोले ४० गोल गरेका थिए।
खेलको पहिलो हाफमा माइकल ओलिसे र जमाल मुसियालाले गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाएका थिए। ओसिलेले खेलको २३ र ६० औँ मिनेटमा गोल गरे।
केनले खेलको ५७ औँ मिनेटमा ओलिसेको पासमा गोल गर्न सफल भएका थिए।
खेलको ६५ औँ मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई ५–० को फराकिलो जित दर्ता गरे। लिगका चार खेलमा अपराजित रहेको बायर्न १२ अंकमा तालिकाको शीर्ष स्थानमा छ।
285
Shares
प्रतिक्रिया