खेल


एथलेटिकोलाई ला लिगा उपाधि

एथलेटिकोलाई ला लिगा उपाधि

नेपालखबर
जेठ ८, २०७८ शनिबार २३:३०,

स्पेनिस ला लिगाको उपाधि एथलेटिको मड्रिडले उचालेको छ। लिगको अन्तिम खेलमा उपाधि होडमा रहेको रियल म्याड्रिडले जित हासिल गरेपनि एटलेटिकोले २ अंकको अग्रता लिँदै उपाधि जितेको हो।

जितसँगै एटलेटिकोले ३८ खेलमा ६ अंक जोडेको छ। रियल भने ३ खेलमा ८४ अंक जोड्दै उपविजेतामा चित्त बुझाउन बाध्य भयो। बार्सिलोनाले पनि अन्तिम खेल जित निकाल्दै ७९ अंकमा तेस्रो स्थानमा रहेर यो सिजन सकाएको छ।

शनिबार राति रियल भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा २–१ ले जित निकाल्दै एथलेटिको च्याम्पियन बनेको हो। पराजित भालाडोलिड भने रेलिगेसनमा परेको छ।

पहिलो हाफमा १–० ले पछि परेको एटलेटिकोले दोस्रो हाफमा २ गोल गर्दै उपाधि पक्का गरेको हो। पहिलो हाफको १८ औं मिनेटमा भालाडोलिडका ओस्कार प्लानोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ५७ औं मिनेटमा एन्जल कोर्रियाले गोल गर्दै खेललाई बराबरीम ल्याए। ६६ औं मिनेटमा सुआरेजले गोल गर्दै खेलमा एटलेटिकोलाई अग्रता दिलाएका थिए।

उता शनिबार नै भएको अर्को खेलमा रियल मड्रिडले घरेलु मैदानमा भिल्लारियललाई २–१ ले पाखा लगायो। भिल्लारियलका एरेमी पिनोले खेलको २० औं मिनेटमा अग्रता बनाएपनि रियलका लागि करिम बेन्जेमा र मोड्रिचले गोल गरे। लिगको अन्तिम खेलमा बार्सिलोनाले एइबरलाई १–० ले हरायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .