खेल


पीएनजीविरुद्ध जारी खेलमा नेपालले गुमायो लगातार तेस्रो विकेट

पीएनजीविरुद्ध जारी खेलमा नेपालले गुमायो लगातार तेस्रो विकेट

फाइल तस्बिर


नेपालखबर
फागुन २९, २०८० मंगलबार ७:५०, काठमाडौँ

हङकङमा त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध जारी नेपालले लगातार तेस्रो विकेट गुमाएको छ। 

नेपालले तेस्रो विकेटका रूपमा आरिफ शेखलाई ४ रनमा गुमाएको हो। 

उनलाई ९.३ ओभरमा पीएनजीका कप्तान असद भालाले विकेटकिपरबाट क्याच आउट गराएका हुन्। 

यसअघि नेपालले कप्तान रोहितकुमार पौडेललाई गुमाएको थियो। उनी ८.१ ओभरमा नोसैना पोकनाको बलमा एक रनमै आउट भए। 

नेपालले पहिलो विकेटको रूपमा विनोद भण्डारीलाई ७‍.३ ओभरमा गुमायो। उनले आज २२ बलमा दुई चौका र एक छक्कासहित २७ रनको पारी खेले।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .