खेल


पछिल्लो तीन विश्वकपमा अनुमान मिलाएको ईए स्पोर्ट्सको दाबी– यो पालि अर्जेन्टिनाले जित्छ

पछिल्लो तीन विश्वकपमा अनुमान मिलाएको ईए स्पोर्ट्सको दाबी– यो पालि अर्जेन्टिनाले जित्छ

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार ८:५२, काठमाडौँ

आगामी मंसिर ४ गतेदेखि कतारमा विश्वकप फुटबल सुरु हुँदै छ।

यस्तो अवस्थामा विभिन्न मुलुकले विश्वकपका लागि आफ्नो टोलीको घोषणा गर्न थालिसकेका छन्। यसैबीच पछिल्लो चीन संस्करणको विश्वकपको अनुमान मिलाएको ईए स्पोर्ट्सले यसपटकको विश्वकपको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान गरेको छ। 

ईए स्पोर्टस्‌ले कतार विश्वकपका सबै खेलको अनुमान गरेको छ। उसले यस वर्षको विश्वकप अर्जेन्टिनाले जित्ने निष्कर्ष निकालेको छ। उसले यो विश्वकपमा अर्जेन्टिनाका स्टार लियोनेल मेस्सीले गोल्डेन बुट र गोल्डेन बल जित्ने अनुमान पनि गरेको छ। 

ईए स्पोर्टस्को अनुमानअनुसार समूह सीमा रहेको अर्जेन्टिनाले अन्तिम १६ को खेलमा डेनमार्कको सामना गर्नेछ।

त्यस्तै क्वार्टरफाइनलमा उसले नेदरल्याण्ड्सलाई हराउँदै सेमिफाइनलमा फ्रान्ससँगको भेट पक्का गर्नेछ भने सेमिफाइनलमा फ्रान्सलाई हराउँदै उसले फाइनलमा ब्राजिललाई पनि १–० गोल अन्तरले पराजित गर्ने ईए स्पोर्ट्सको अनुमान छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .