खेल


उपाधि नजिती सकियो मोड्रिचको विश्वकप यात्रा

उपाधि नजिती सकियो मोड्रिचको विश्वकप यात्रा

नेपालखबर
मंसिर २८, २०७९ बुधबार ८:४२, काठमाडौँ

अर्जेन्टिनासँग सेमिफाइनलमै हारेपछि क्रोएसियाका कप्तान लुका मोड्रिचको विश्वकप उपाधि जित्ने सपना अधुरै भएको छ। 

मंगलबार मध्यराति भएको दोस्रो सेमिफाइनलमा साविक उपविजेता क्रोएसिया अर्जेन्टिनासँग ३–० गोल अन्तरले हारेको हो। 

मोड्रिचलाई अब अर्को विश्वकपमा देख्न पाइने छैन। यसअघि नै उनले यो आफ्ना लागि अन्तिम विश्वकप हुने बताइसकेका छन्। 

अन्तिम विश्वकप खेलिरहेका लुका मोड्रिच आफ्नो कप्तानीमा क्रोएसियालाई विश्वकपको उपाधि दिलाउन चाहन्थे। अन्तिम विश्वकप खेलिरहेका ३७ वर्षिय मोड्रिचसामु विश्वकपको फाइनलमा पुग्ने अन्तिम मौका थियो। जसमा उनी असफल भए। 

मोड्रिचले आफ्नो कप्तानीमा टोलीलाई कुनै महत्त्वपूर्ण उपाधि दिलाउन सकेका छैनन्। सन् २००६ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका मोड्रिचले सन् २०१८ मा पहिलोपटक बालोन डे ओर जितेका थिए। 

रियल मड्रिडबाट पाँचपटकको च्याम्पियन्स लिग विजेता मोड्रिचले क्रोएशियालाई दोस्रोपटक विश्वकपको सेमिफाइनलमा पुर्‍याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .