खेल


फ्रान्सले फर्कायो २ गोल

फ्रान्सले फर्कायो २ गोल

नेपालखबर
पुस ३, २०७९ आइतबार २२:३२, काठमाडौँ

फिफा विश्वकप २०२२ अन्तर्गतको फाइनल खेलमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध दुई गोल फर्काएको छ।  

खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्सका केलियान एम्बाप्पेले  गोल गरेका थिए।

त्यसको एक मिनेटभित्रै एम्बाप्पेले नै अर्को गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्।

यससँगै खेल २–२ को अवस्थामा आइपुगेको छ। 

यसअघि लुसैल स्टेडियममा खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २–० ले अग्रता लिएको थियो। 

खेलकोे २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

त्यस्तै खेलको ३६ औँ मिनेटमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता दोब्बर पारेको हो।

लियोनल मेस्सी र अल्भारेजले मिलाइदिएको पासमा म्याक एलिस्टको क्रसमा डि मारियाले बललाई उत्कृष्ट फिनिसिङ दिएका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .