खेल


पहिलो हाफमा घरेलु टोलीविरुद्ध इक्वेडरको २-० को अग्रता

पहिलो हाफमा घरेलु टोलीविरुद्ध इक्वेडरको २-० को अग्रता

नेपालखबर
मंसिर ४, २०७९ आइतबार २२:३७, काठमाडौँ

कप्तान इनर भ्यालेन्सिया चम्किदा इक्वेडरले फिफा विश्वकपको उद्घाटन खेलको पहिलो हाफमा घरेलु टोलीविरुद्ध अग्रता बनाएको छ। 

अल बेत रंगशालामा जारी खेलको पहिलो हाफमा इक्वेडरले घरेलु टोलीविरुद्ध २–० को अग्रता बनाएको हो। 

खेलको १६ औँ मिनेटमा इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। कतारका अल शहिबले फउल गरेपछी इक्वेडरले पेनाल्टी पाएको थियो। 

इक्वेडरका लागि भ्यालेन्सियाले विश्वकपमा ५ गोल गरेका छन्। विश्वकपमा इक्वेडरका लागि पाँच गोल गर्ने भ्यालेन्सिया पहिलो खेलाडी हुन्। 

त्यसअघि खेलको तेस्रो मिनेटमा नै इक्वेडरका लागि इनर भ्यालेन्सियाले गोल गरेपनि भिडियो असिस्टेन्ड रेफ्रि (भीएआर) को मद्धतमा रेफ्रीले अफसाइड दिएका थिए। 

खेलको ३१ औँ मिनेटमा कप्तान भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका हुन्। 

दक्षिण एशियाली राष्ट्र कतारले पहिलो पटक ठुलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो। उता दक्षिण अमेरिकी राष्ट्र इक्वेडर भने आठ वर्षपछि विश्वकपमा पुनरागमन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .