खेल


बलियो स्पेनविरुद्ध भिड्दै कोस्टारिका

बलियो स्पेनविरुद्ध भिड्दै कोस्टारिका

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १२:११, काठमाडौँ

समूह ई को दोस्रो खेलमा बुधबार विश्व विजेता स्पेन र कोस्टारिका भिड्दै छन्। 

अल थुमामा रगंशालामा हुने खेल राति पौने १० बजे सुरु हुनेछ। यसअघिको विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको स्पेन २०१० को इतिहास दोहोर्‍याउने योजनामा छ।

सन् १९३४ को पहिलो सहभागितामा नै क्वार्टफाइनलसम्मको यात्रा तय गरेको स्पेनले १९५० मा तेस्रो स्थानका लागि खेलेको थियो। 

विश्वकपमा उतारचढावपूर्ण यात्रा गरेको स्पेन नयाँ इतिहास बनाउने दाउमा छ। 

टोलीका प्रशिक्षक लुइस एनरिकले  यो वर्ष टोलीलाई नयाँ उचाइ दिने लक्ष्यका साथ तयारी गरिरहेका छन्। फेरान टोरेस, पेद्री अल्भारो मोराटा, रोड्रि र अमेरिक लापोर्टे जस्ता स्टार खेलाडीले भरिएको स्पेन दोस्रो विश्वकप उचाल्ने दाउमा छ। 

विश्वकपमा छैटौँ पटक स्पर्धा गर्न लागेको कोस्टारिकालाई यो पटक अन्डर डग टोलीको रुपमा हेरिएको छ।

सन् २०१४ मा क्वार्टफाइनलसम्मको यात्रा तय गरेको कोस्टारिका २०१८ मा पहिलो चरणबाटै बाहिरिएको थियो। 

घरेलु लिग पीएफडीका खेलाडीले भरिएको कोस्टारिकामा अनुभवी खेलाडीको समिश्रण छ। 

गोलरक्षक केरोर नाभास कोस्टारिकाका भरपर्दा खेलाडी हुन्। उनले राष्ट्रिय टोलीबाट १०७ खेल खेलेका छन्। पीएसजीका गोलरक्षक समेत रहेका नाभासबाट टोलीले ठुलो अपेक्षा राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .