सुदूरपश्चिम


बैतडीमा प्रहरी सवार जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो, गम्भीर घाइते ९ जनालाई कोहलपुर लगिँदै

बैतडीमा प्रहरी सवार जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो, गम्भीर घाइते ९ जनालाई कोहलपुर लगिँदै

दुर्घटनामा परेको जिप


गोकुल जोशी
मंसिर ५, २०७९ सोमबार ८:५१, कञ्चनपुर

बैतडीमा प्रहरी सवार गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। सोमबार बिहान पाटन नगरपालिका–४ थुममा प्रहरी चढेको से १ ज ८५४ नम्बरको जिप दुर्घटना भएको हो। 

मतपेटिका पुर्‍याएर फर्कंदै गरेको प्रहरी चढेको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

‘तीन जनाको घटनास्थलमै ज्यान गएको छ, घाइते अर्काको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर आएको छ,’ उनले भने।

मृतकको पहिचान भने खुल्न सकेको छैन। निर्वाचनमा खटिएका प्रहरी सवार गाडी सडकबाट दुई सय मिटर तल खसेको छ। जिपमा चालक सहित १३ जना सवार रहेका थिए। तीमध्ये ९ जना गम्भीर घाइते छन्। 

उनीहरुलाई उद्धार गरेर थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लैजाने तयारी भइरहेको सीडीओ पन्थीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .