सुदूरपश्चिम


बैतडीमा जिप दुर्घटना हुँदा एकै ठाउँका ६ जनाको मृत्यु, ५ यात्रुले हाम फालेर ज्यान जोगाए

बैतडीमा जिप दुर्घटना हुँदा एकै ठाउँका ६ जनाको मृत्यु, ५ यात्रुले हाम फालेर ज्यान जोगाए

दुर्घटनास्थल


गोकुल जोशी
चैत २९, २०७९ बुधबार ६:४२, कञ्चनपुर

बैतडीमा जिप दुर्घटना हुँदा एकै ठाउँका ६ जनाको मृत्यु भएको छ। मंगलबार मध्यराति पाटन नगरपालिका-८ झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय (बैतडी) का प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार खोड्पेबाट बझाङतर्फ गइरहेको से १ ज ७६४ नम्बरको जिप सडकबाट पाँच सय मिटर तल खसेको हो।

दुर्घटनास्थल

दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका-५ का मने बोहरा, गोरख बोहरा, नरे बोहरा, बिर्ख बोहरा, मान बहादुर धामी र बिरे बोहराको मृत्यु भएको छ।

‘दुर्घटनाको कारण खुलेको छैन, जिपमा सवार अन्य पाँच जनाले हाम फालेर ज्यान जोगाएका छन्’, प्रहरी निरीक्षक खत्रीले भने, ‘उहाँहरु सकुशल हुनुहुन्छ।’ 

जिपमा चालकसहित १२ जना सवार थिए। चालक दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल

जिपमा सवार अधिकांश नयाँ वर्ष (विसु) मनाउन भारतमा मजदुरी गरेर घर फर्किरहेका रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .