सुदूरपश्चिम


मलामी गएका किशोर महाकालीमा बेपत्ता

मलामी गएका किशोर महाकालीमा बेपत्ता

गोकुल जोशी
बैशाख ३, २०८० आइतबार १६:२३, कञ्चनपुर

महाकाली नदीमा डुबेर एक किशोर बेपत्ता भएका छन्। मलामी गएका शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमाल महाकालीमा बेपत्ता भएका हुन्।

भीमदत्त नगरपालिका–११ भुजेलाघाटस्थित महाकाली नदीमा डुबेर बेपत्ता किशोरको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका सई देवसिंह बुडालले जानकारी दिए।

उनका अनुसार आज (आइतबार) दिउँसो करिब अढाई बजेतिर नदीमा नुहाउने क्रममा किशोर डुबेर बेपत्ता भएका थिए।

सशस्त्र प्रहरीको खोज तथा उद्धार टोलीका प्रमुख प्रहरी निरीक्षक बीरेन्द्र बम नेतृत्वको गोताखोर टोली खोजीमा जुटेको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोली पनि खोजीमा लागेको छ। तर, बेपत्ता हमाल भने अहिलेसम्म नभेटिएको सई बुडालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .