ad ad

सुदूरपश्चिम


धनगढीमा भीषण आगलागी, अस्पताल र ८ पसल जले

धनगढीमा भीषण आगलागी, अस्पताल र ८ पसल जले

धनगढीमा आगलागी भएको स्थल। तस्बिर : रासस


गोकुल जोशी
मंसिर २, २०८० शनिबार १०:४७, कञ्चनपुर

कैलालीको धनगढीमा भीषण आगलागी भएको छ। शुक्रबार राति धनगढी उपमहानगरपालिका–१ मा आगलागी हुँदा अस्पताल र ८ वटा पसल जलेका छन्। 

मध्यराति १ बजे धनगढी–१ सारथी अस्पताल क्षेत्रमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए। 

अस्पतालनजिक दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता-चप्पलको होलसेल गोदाममा अचानक विद्युत् तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। 

त्यहाँबाट सल्केको आगोले अन्य पसल र अस्पतालसम्मै पुगेको हो। आगलागीबाट मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। 

‘अस्पताल जलेर ध्वस्त छ, भौतिक संरचनामा क्षति पुगेको छ, मानविय क्षति भएको छैन,’ डीएसपी चन्दले भने, ‘क्षतिको विवरण संकलन गरिरहेका छौँ।’ 

अस्पतालका बिरामीलाई राति नै अन्यत्र सारिएको छ। 

आगलागीबाट अस्पतालसँगै रहेका गोदाममा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। 

दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर एन्ड सु सेन्टरको गोदाम, टेकेन्द्र शर्माले सञ्चालन गरेको बेवी सपको मधुमाला देवी सप, वासुदेव भट्टको ब्याग हाउस, जगत्‌बहादुर बलायरको सुभिक्षादेवी सपिङ सेन्टरमा क्षति पुगेको छ।

यस्तै शोदा साउदले सञ्चालन गरेको कपडा, जुत्ता, ब्यागको न्यु सदीक्षा इन्टरप्राइजेज, गौरी भण्डारीले सञ्चालन गरेको भण्डारी सु सेन्टर र जानकी भट्टको भट्ट ट्रेडर्स एन्ड सप्लायर्समा आगलागीले भएको छ। 

मध्यराति सल्केको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आएको छैन।

जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली, स्थानीयसहित धनगढी उपमहानगरका २, गोदावरी र कञ्चनपुरको पुनर्वास नगरपालिकाका १/१ वटा गरी ४ वटा दमकल आगो नियन्त्रणमा खटिएका छन्।

‘धुँवा आइरहेकै छ, दमकलले पानीको फोहोरा हानिरहेका छौँ,’ डीएसपी चन्दले भने, ‘अब आगो अन्यत्र सल्किले सम्भावना काम छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .