सुदूरपश्चिम


बझाङ अपडेट: एमालेले बढायो कांग्रेससँगको मतान्तर

बझाङ अपडेट: एमालेले बढायो कांग्रेससँगको मतान्तर

नेपालखबर
बैशाख १७, २०८१ सोमबार १२:३४, कञ्चनपुर

प्रदेश सभा सदस्य चयनका लागि बझाङ १ (१) मा भएको उपनिर्वाचनको मत गणना जारी छ। 

जहाँ नेकपा एमालेका दमनबहादुर भण्डारीले मतान्तर बढाएका छन्। 

सार्वजनिक पछिल्लो विवरण अनुसार भण्डारी १० हजार ५६१ मतसहित अग्रस्थानमा छन्।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार ४७० मतसहित भण्डारीलाई  पछ्याइरहेका छन्।

उनीहरुबीचको मतान्तर ९१ छ।

नेकपा माअ‍ोवादी केन्द्रका जनकबहादुर बुढाले ३  हजार ७३० मत ल्याएका छन्।

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४६० मत ल्याएका छन्।

तलकोट गाउँपालिका मत गणना अन्तिम चरणमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .