ad ad

सुदूरपश्चिम


कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा रेशम पक्षका लक्ष्मणकिशोर दाबी पेस गर्दै

कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा रेशम पक्षका लक्ष्मणकिशोर दाबी पेस गर्दै

लक्ष्मणकिशोर चौधरी


गोकुल जोशी
बैशाख २, २०८१ आइतबार १४:२७, कञ्चनपुर

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दिइएको समय आइतबार साँझ ५ बजे सकिँदै छ। 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम पक्ष, कांग्रेस र नेकपा एकीकृत समाजवादी मिलेर सरकार बनाउने तयारीमा छन्।

नाउपालाई मुख्यमन्त्री दिन सहमति जनाउँदै उनीहरू दाबी पेस गर्न प्रदेश प्रमुख नजिर मियाँकहाँ गएका छन्।

उनीहरुले नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा अघि सार्ने समझदारी गरेको स्रोतको दाबी छ।

उनीहरु सरकारमा दाबी गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।

तर प्रदेश प्रमुख मियाँ अझै आएका छैनन्। प्रदेश प्रमुखको पर्खाइमा बसिरहेको दाबी पेस गर्न सहभागी एक नेताले नेपालखबरलाई बताए।

उता केन्द्रमा सत्ता गठबन्धनले नाउपालाई मुख्यमन्त्री दिने औपचारिक सहमति गर्दै रञ्जिताले कैलाश चौधरीलाई अघि सारेकी थिइन्। 

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा अहिले ५१ सांसद छन्। एक सांसदको निधन र समानुपातिक सांसद इन्दिरा गिरी पदमुक्त भएपछि २ पद रिक्त छ। 

सरकार बनाउन २६ सांसदको समर्थन चाहिन्छ।

नेपाली कांग्रेसका १८, एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टीको रेशम पक्षका ४ सांसदको समर्थनसहित चौधरीले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .