ad ad

सुदूरपश्चिम


मुख्यमन्त्रीमा दाबी पेस गर्न नाउपाका कैलाश चौधरी पनि प्रदेश प्रमुख कार्यालयमा

मुख्यमन्त्रीमा दाबी पेस गर्न नाउपाका कैलाश चौधरी पनि प्रदेश प्रमुख कार्यालयमा

नेपालखबर
बैशाख २, २०८१ आइतबार १५:४३, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टी नाउपाका कैलाश चौधरी पनि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।

केन्द्रीय सत्ता गठबन्धनका तर्फबाट उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। 

नाउपाका ६ सहित नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्र १० र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीको समर्थनमा कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गर्न लागेका हुन्। 

सत्तारुढ गठबन्धनमा भएको सहमतिविपरीत नेकपा एकीकृत समाजावादी कांग्रेससँग मिलेर नाउपाकै लक्ष्मणकिशोरलाई पनि समर्थन गरेको छ।

त्यसैले एमालेसँगको गठबन्धनबाट अहिलेसम्म एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षर छैन।

केन्द्रबाट सोडारीलाई निर्देशन आइसकेकोले उनी प्रदेश प्रमुखको कार्यालयमै उपस्थित भएर कैलाश चौधरीलाई समर्थन गर्ने दाबी यस गठबन्धन पक्षधरको छ।

कैलाश नाउपाको रञ्जिता समूहका हुन्। यसअघि नाउपाकै रेशम समूहका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा दाबी गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .