ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा माओवादीका मन्त्रीको नियुक्ति रोक्न माग राख्दै मुख्यमन्त्रीलाई लेखियो पत्र

सुदूरपश्चिममा माओवादीका मन्त्रीको नियुक्ति रोक्न माग राख्दै मुख्यमन्त्रीलाई लेखियो पत्र

नेपालखबर
जेठ २८, २०८१ सोमबार १५:२७, काठमाडौँ

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमा माओवादीबाट सिफारिस भएकाहरूको नाम रोक्न माग गर्दै माओवादीकै सांसदहरूले मुख्यमन्त्री दीर्घ सोडारीलाई पत्रचार गरेका छन्। 

मन्त्रीको सिफारिसमा संसदीय दलका नेता मानबहादुर धामीले सल्लाह नै नगरी सिफारिस गरेको भन्दै  सांसदहरू खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुवर पौडेलले ध्यानाकर्षणसहित पत्र लेखेका हुन्। 

माओवादी केन्द्रबाट अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी विक मन्त्रीको सिफारिस भएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सुदूरपश्चिम सरकार विस्तारका लागि समझदारी जुटेपछि मुख्यमन्त्री सोडारीले सरकार विस्तार गर्न लागेका हुन्।

सोमबार ५ बजे मन्त्रीहरूको शपथ ग्रहणको तयारी गरिएको छ। 

यद्यपि माओवादीभित्र भने असन्तुष्टि बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .