ad ad

ग्लोबल


मोदी मन्त्रिमण्डल : चुनाव हारेका मन्त्री भए, जितेका यी नेता पन्छाइए

भाजपा अध्यक्ष नड्डा मन्त्री बन्दा ठाकुरको गुम्यो पद
मोदी मन्त्रिमण्डल : चुनाव हारेका मन्त्री भए, जितेका यी नेता पन्छाइए

नेपालखबर
जेठ २८, २०८१ सोमबार १५:३४,

नरेन्द्र मोदीको तेस्रो सरकारका ७२ सदस्यले आइतबार शपथ लिए। जसमा केही पात्रको छनोटलाई आश्चर्यजनक मानिएको छ। कतिपय चुनाव हारेका नेता मन्त्री हुँदा जितेका पूर्वमन्त्रीहरूलाई निकालिएको छ।

हिमाचल प्रदेशबाट चुनाव जितेका अनुराग ठाकुर यसअघि सूचनामन्त्री थिए। भाजपाका अध्यक्ष जेपी नड्डालाई मन्त्री बनाइएपछि ठाकुर हट्न बाध्य भएका छन्। 

किनकि उनीहरू दुवै एकै राज्यका हुन्।

पञ्जाबमा चुनाव हारेका रवनीत सिंह बिट्टु मन्त्री भएका छन्। उनी चुनावअघि मात्र कंग्रेसबाट भाजपा प्रवेश गरेका थिए। अबको ६ महिनाभित्र उनी राज्यसभा वा लोकसभामा चुनिनुपर्ने छ।

सांसद नभए पनि यसपालि भाजपालाई केरलामा एक सिट जिताएका भाजपा केरला महासचिव जर्ज कुरियन मन्त्री भएका छन्।

तर, चुनाव जितेका र यसअघि मन्त्री रहेका रविशंकर प्रसादले यसपटक मन्त्री बन्ने बौका पाएनन्।

यसअघिका मन्त्री यो पटक चुनाव हारेर पनि एल मुरुगन फेरि मन्त्री बन्न पाएका छन्।

मोदीका ७२ मन्त्रीमा ७९ वर्षका जितनराम माझीदेखि ३६ वर्षका राम मनोहर नायडुसम्म छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .