ad ad

सुदूरपश्चिम


गृहमन्त्री भएपछि पहिलोपटक सुदूरपश्चिम आउँदै लेखक, यस्तो छ तीन दिने कार्यक्रम

गृहमन्त्री भएपछि पहिलोपटक सुदूरपश्चिम आउँदै लेखक, यस्तो छ तीन दिने कार्यक्रम

नेपालखबर
भदौ १७, २०८१ सोमबार १२:४३, कञ्चनपुर

गृहमन्त्री रमेश लेखक सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर आउँदैछन्। नेपाली कांग्रेसका नेता समेत रहेका लेखक गृहमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहप्रदेशको भ्रमणमा आउन लागेका हुन।

मंगलबार बिहान कैलालीको धनगढी ओर्लिने गृहमन्त्री लेखक तीन दिनसम्म यहाँका विभिन्न उद्घाटन कार्यक्रम, नेपाली कांग्रेसका कार्यकर्तासंग भेटघाट तथा बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।

मंगलबार (भाद्र १८ गते) बिहान ११ बजे कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित कांग्रेस पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने गृहमन्त्री लेखक त्यसपछि दिउँसो १ बजे बेलौरी र साढे २ बजे बेलडाँडीमा कार्यकर्तासंग भेटघाट गर्नेछन्।

गृहमन्त्री लेखक सोही दिन सदरमुकाम महेन्द्रनगर पुग्ने कार्यतालिकाअनुसार अपरान्ह ४ बजे कञ्चनपुर जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन एंवम् जिल्ला सुरक्षा समितिसंग छलफल गर्ने कार्यक्रम छ।

बुधबार गृहमन्त्री लेखकले संघीय प्रहरी कार्यालय महेन्द्रनगरको भवन उद्घाटन गर्नेछन्। त्यसपछि नेपाली कांग्रेस कञ्चनपुर पार्टी कार्यालयमा कार्यकर्तासंग भेटघाट तथा अन्तक्रिया गर्नेछन्। 

त्यसपछि दिउँसो २ बजे ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको भवन उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि दोधारा चाँदनी नगरपालिका–३, ८ र १० को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेपछि गृहमन्त्री लेखक कांग्रेस दोधारा चाँदनीको भवन उद्घाटन र कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम छ।

दोधारा चाँदनीबाट फर्किएपछि बुधबार नै मन्त्री लेखकले भीमदत्त नगरपालिकाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नेछन्। बिहिबार बिहान महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी हुने गृहमन्त्री लेखक त्यसपछि शुक्लाफाँटाको झलारीमा कांग्रेस कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम छ। 

बिहान १० बजे झलारीबाट कैलालीको धनगढी प्रस्थान गर्ने कार्यक्रमअनुसार त्यसपछि कैलाली जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन तथा जिल्ला सुरक्षा समितिसंग छलफल गर्नेछन्।

कैलालीको धनगढीमा प्रहरी गण भवन तथा पेट्रोल पम्प उद्घाटन र कांग्रेस कैलालीको पार्टी कार्यालयमा कार्यकर्तासंग भेटघाट तथा अन्तक्रियापछि गृहमन्त्री लेखक बिहीबार बेलुका काठमाडौँ फर्किने कार्यक्रम तय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .