दाउरा संकलन गर्न गएका दुई किशोर महाकाली नदीले बगाएको छ।
शनिबार दिउँसो भीमदत्त नगरपालिका–१२ ऐरीस्थित उर्लिंदो महाकालीले २ किशोरलाई बगाएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार भीमदत्त नगरपालिका-१२ का १८ वर्षीय सौरभ दमाईं र सोही ठाउँका १५ वर्षीय अबी दमाईं महाकालीले बगाएको हो।
जसमध्ये सौरभको शव दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा फेला परेको छ।
अर्का किशोर अबीको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय र सुरक्षाकर्मी उनको खोजीमा जुटेका छन्।
लगातारको वर्षापछि हिजो महाकालीमा पानीको बहाव ४ लाख क्युसेकभन्दा माथि पुगेको थियो। अहिले भने पानीको बहाव घट्दो क्रममा छ।
नदीतटीय क्षेत्रका स्थानीय जोखिम मोलेर महाकालीको उर्लिंदो भेलले बगाएर ल्याएका दाउरा संकलन गर्ने गरेका छन्।
जसका कारण बर्सेनि मानवीय क्षति हुने गरेको छ।
Shares
प्रतिक्रिया