ad ad

सुदूरपश्चिम


चितुवाको छाला भेटिएपछि पक्राउ

चितुवाको छाला भेटिएपछि पक्राउ

नेपालखबर
असोज ५, २०८१ शनिबार १३:८, कञ्चनपुर

बझाङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार थलारा गाउँपालिका-८ गन्डाउनीका खगेन्द्र राज जोशी चितुवाको छालासहित पक्राउ परेका हुन्।

जयपृथ्वी नगरपालिका-१० चैनपुर बजारमा हिँडिरहेको अवस्थामा शंका लागेर जाँच गर्ने क्रममा जोशीको साथबाट चितुवाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर जोशीको कमान्डमा खटिएको टोलीले चितुवाको छाला बरामद गरेको हो।

प्रहरीका अनुसार ८ फिट लम्बाइ भएको चितुवाको छाला, दाँत र पञ्जासहित पक्राउ परेका जोशीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .