ad ad

लुम्बिनी


सिरुको कुचोसँग चामल साट्छिन् सम्झना

सिरुको कुचोसँग चामल साट्छिन् सम्झना

सिरुको कुचो बनाउँदै सम्झना चौधरी


नेपालखबर
असोज ५, २०८१ शनिबार १३:१४, दाङ

दाङको लमही नगरपालिका-९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गरिरहेकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च जुटाइरहेकी छन्। 

‘कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिनुहुन्छ’, चौधरीले भनिन्, ‘कुचो बेचेररसाटेर सङ्कलन भएका चामल तथा रकमले जीविकोपार्जन भइरहेको छ।’

सिरुको कुचो बनाउने गरेको जानकारी दिँदै उनले यसको बजारमा माग धेरै भएको पनि बताइन्। 

बजारमा माग भएकाले पछिल्लो एक वर्षदेखि कुचो बनाएर बिक्री गर्ने, चामलसँग साट्ने गरेको चौधरीले बताइन्।

‘एउटा कुचोबापत दुई मानासम्म चामल दिने गर्नुहुन्छ। नगदभन्दा चामलसँग बढी कारोबार हुने गरेको छ’, उनले भनिन्। 

चार सन्तानकी आमा सम्झनाले छोराछोरीको बिहेपछि आफू घरमा एक्लै रहेको बताइन्। एकपटकमा ५० वटासम्म कुचो बनाएर बिक्री गर्ने उनले त्यसको आम्दानीले दुई महिनासम्म घर खर्च पुग्ने उनको भनाइ छ।

‘काँचो सिरु ल्याएर त्यसबाट कुचो बनाउँछु, त्यही कुचो सुकेपछि बेच्छु’, उनले भनिन्। 

सिरुको कुचो बजारमा पाइने कुचोभन्दा राम्रो हुने भएकाले धेरैले माग गर्ने गरेकाले यो पेसालाई निरन्तरता दिने चौधरीले बताइन्। 

‘उमेर पनि गइसक्यो, अरु काम गर्न सकिँदैन’, उनले भनिन्, ‘कुचो बिक्री हुँदासम्म यही पेसालाई निरन्तरता दिनेछु।’

काम सानो वा ठूलो नहुने बताउँदै उनले महिला आत्मनिर्भर हुन आर्थिकस्तर सुधार गर्नुपर्नेमा जोड दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .