भारतीय कस्मिरका अलगाववादी नेता सैयद अली शाह गिलानीको निधन भएको छ।
गिलानी परिवारका अनुसार ९२ वर्षको उमेरमा बुधबार अबेर राति उनको निधन भएको हो।
सैयद अली शाह गिलानी कस्मिरका अलगाववादी संगठनको समूह हुर्रियत कन्फ्रेन्सका संस्थापकमध्ये एक हो। अहिले यो दल निष्क्रिय छ।
जम्मु–कस्मिरका पूर्वमुख्यमन्त्री मुफ्तीले ट्विट गर्दै भनेका छन्, ‘गिलानी साहबको निधनको खबरले दुःखी तुल्याएको छ। धेरै मुद्दामा हामीबीच मतभेद थिए तर म उनको सम्मान गर्छु। अल्लाहले उनलाई स्वर्गमा ठाउँ दिऊन् र परिवारजनलाई सहने शक्ति प्रदान गरुन्।’
गिलानी १५ वर्षसम्म पूर्व जम्मु कस्मिर राज्यका ८७ सदस्यीय विधान सभामा सदस्य थिए। उनी सन् १९७२, १९७७ र १९८७ मा तत्कालीन जम्मु–कस्मिर विधान सभामा सोपोरबाट सदस्य थिए।
51
Shares
प्रतिक्रिया