अटो


टीभीएस ब्राण्डकी एम्बेसडर स्वस्तिमा भन्छिन्ः अब एनटर्क स्कुटर चढ्छु

टीभीएस ब्राण्डकी एम्बेसडर स्वस्तिमा भन्छिन्ः अब एनटर्क स्कुटर चढ्छु

बसन्त अर्याल
कात्तिक ६, २०७६ बुधबार १०:१९,

केही वर्ष अघिसम्म नेपाली मिडियामा कुनै ब्राण्डको विज्ञापन गर्दा भारतीय कलाकार प्रयोग गरी विज्ञापन गरिन्थ्यो। टेलिभिजनमा होस् या पत्रपत्रिका जता पनि भारतीय कलाकारकै दबदबा थियो। नेपालमा केही सीमित ब्राण्डमा मात्रै नेपाली कलाकारमर्फत विज्ञापन गरिन्थो।

भारतिय कलाकारले गरेको विज्ञापनमा नेपाली डबिङ गरिन्थ्यो। तर अहिले टेलिभिजन तथा पत्रपत्रिकामा नेपाली कलाकारहरुले नै प्राथमिकता पाएका छन्। यसले नेपाली कलाकारलाई जीवनयापनमा पनि सहयोग पुगेको दाबी गर्छिन् नायिका स्वस्तिमा खड्का। पछिल्लो समय कम्पनीको विज्ञापन पनि प्रभावकारी भएको उनी बताउँछिन्।

tvs swastima

केही समयअघि टीभीएस कम्पनीको ब्राण्ड एम्बेसडर (दूत) बनेकी खड्का एकदमै उत्साहित छन्। बजारमा नाम चलेको कम्पनीसँग जोडिन पाउँदा एकदमै रमाइलो लागिरहेको उनको भनाइ छ।

‘म ब्राण्ड एम्बेसडर हुन पाउँदा कम्पनीको लागि मात्र फाइदा होइन मलाई पनि फाइदा भएको छ’, उनले नेपालखबरसँग भनिन्।

swastima khadka1

ब्राण्ड एम्बेसडर हुनु ठूलो कुरा होइन तर कस्तो कम्पनीको ब्राण्ड एम्बेसडर बनेको हो, त्यसले कलाकारको ‘इमेज’मा पनि फरक पार्छ। उनी भन्छिन्, ‘मैले टीभीएसको बाइक तथा स्कुटर राम्रो छ भनेर विज्ञापन गरेर मात्रै हुँदैन। उपभोक्ताले सवारीसाधन किन्दा राम्रो भएन भने गाली गर्छन्, किन यस्तो नराम्रो कम्पनीको ब्राण्ड एम्बेस्डर बनेको भनेर।’

तर टीभीएसको ब्राण्ड एम्बेसडर बनेपछि स्कुटर तथा बाइकको फोटो सेयर गर्दा सामाजिक सञ्जालमा उत्साहित प्रतिक्रिया आएको उनी बताउँछिन्। ‘मेरा सर्कलका साथीहरुले टीभीएस कम्पनीका बाइक तथा स्कुटर किनेका छन्, जसमा उनीहरुले राम्रो पर्फरमेन्स छ भनेर सुनाउँदा मलाई धेरै खुसी लाग्छ।’

khadka

स्वस्तिमा खड्काले साथीहरुले ट्याग गर्दै यो स्कुटर किन है राम्रो छ भनेर सामाजिक सञ्जालमा पोष्ट गर्दा सन्तुष्टि मिलेको अनुभव सुनाइन्। उनले भनिन्, ‘नेपालमा चलिरहेको कम्पनीको ब्राण्ड एम्बेस्डर बन्न पाउँदा कलाकारलाई फाइनान्सियल सपोर्ट हुन्छ। साथै नेपालीले मन पराएको कलाकार ब्राण्ड एम्बेसडर बन्दा कम्पनीलाई पनि फाइदा नै हुन्छ।’

उनले आफू बच्चा हुँँदा टिभीमा भारतीय कलाकारले मात्र विज्ञापन गरेको देखेकी थिइन्। तर अहिले नेपाली कलाकारलाई ठाउँ दिँदा आफ्नोपन बढी भएको महसुस गरेकी छन्। उनले भनिन्, ‘कुनै भारतीय कलाकारको फोटो प्रयोग गरेर विज्ञापन गर्नुभन्दा नेपाली कलाकारमार्फत विज्ञापन गर्दा नेपालीलाई आफ्नो नजिकको ब्राण्ड भएको अनुभूति हुन्छ।’

पहिला शाहरुख खान वा कट्रिना (भारतीय कलाकार)ले कुनै ब्राण्डको विज्ञापन गर्दा धेरै राम्रो होला भन्ने छाप पर्थ्याे  नेपालमा पनि। तर अचेल नेपाली कलाकारलाई नै प्रयोग गर्दा नेपालमा बढी प्रभावकारी भएको छ।

खासै स्कुटर नचढ्ने खड्का टीभीएसको एनटर्क स्कुटर धेरै राम्रो लागेको बताउँछिन्। ‘मेरो कामले गर्दा धेरै स्कुटर चढ्न त भ्याउँदिन तर कहिलेकाहीँ प्रयोग गर्नको लागि एउटा आवश्यक पर्छ, त्यसको लागि एनटर्क स्कुटर किन्ने योजनामा छु।’

swastima khadka8

एनटर्क स्कुटरको ब्राण्ड एम्बेसडर हुनुभन्दा अघि नै उनले पोखराको डिलरमा उक्त स्कुटरको बारेमा बुझेकी थिइन्।

‘त्यति बेला नै यसको फिचर मन परेको थियो। एनटर्कको स्कुटरको लुक मात्रै होइन, यसको ‘फंक्सन’ धेरै राम्रो लागेको छ। डिजिटल नेभिगेसन, पावर, कल आएको स्कुटरमै हेर्न मिल्ने लगायतका धेरै फिचर गाडीमा जस्तै भएकाले धेरै मन पर्यो’, उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .