समाज


लन्डनको एक ट्रकमा ३९ लास भेटियो, ड्राइभर गिरफ्तार

लन्डनको एक ट्रकमा ३९ लास भेटियो, ड्राइभर गिरफ्तार

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार १०:१७,

ग्रेज के वाटरग्लेड इन्डस्ट्रियल पार्क नजिकै रहेको ट्रकमा लासहरु भेटिएको बीबीसीले जनाएको छ।

बुधबार ट्रकमा ३९ जनाको लास देखेपछि प्रहरी आश्चर्यमा परेका थिए। हत्याको आशंकामा प्रहरीले ट्रक ड्राइभरलाई गिरफ्तार गरेको छ।

प्रहरीका अनुसार ती ट्रक ड्राइभर उत्तरी आयरल्यान्डका हुन्। उनी २५ वर्षका हुन्।

इसेक्स प्रहरीले दिएको जानकारी अनुसार उक्त ट्रक बुल्गारियाबाट आएको हो। जुन शनिबार वेलायतको वेल्सको होलीहेडमा देखिएको थियो।

प्रधानमन्त्री बोरिस जोनसनले यस घटनाप्रति दुख व्यक्त गर्दै ट्वीट गरेका छन्। उनले भनेका छन्,‘म गृह मन्त्रालय र इसेक्स प्रहरीसँग लगातार सम्पर्कमा छु, हामी हत्यारा को हो भनेर पत्ता लगाउन खोजिरहेका छौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .