बागमती


बागमती : सरकारबाट बाहिरिएको राप्रपाको घोषणा

बागमती : सरकारबाट बाहिरिएको राप्रपाको घोषणा

सुनिता विष्ट
फागुन १३, २०७९ शनिबार १९:२, हेटाैंडा

बागमती प्रदेश सरकारबाट राप्रपाका मन्त्रीहरुले राजीनामा दिने घोषणा गरेका छन्।

शनिबार साझ बसेको प्रदेश सभाको बिशेष समयमा राप्रपाका तीन मन्त्रीले राजीनामा दिने घोषणा गरेका हुन्।

आजै राजीनामा पत्र मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष बुझाउने उनले बताएका छन् । 

राप्रपा बागमती संसदीय दलका नेता समेत रहेका उद्धव थापा खानेपानी उर्जा तथा सिंचाई मन्त्री उद्दव थापा, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु बिष्टले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका हुन्।

केन्द्रको निर्देशन अनुसार बागमती प्रदेशका मन्त्रीहरुले राजीनामा दिने घोषणा गरेको हो।

बागमती प्रदेशको ११० प्रदेश सभा सदस्यमध्ये राप्रपाको १३ सिट रहेको छ। तीनै मन्त्रीले सामुहिक रुपमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष राजीनामा बुझाउने राप्रपा बागमती संसदीय नेता थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .