बागमती


नुवाकोटमा टाटासुमो दुर्घटना– मृतकको संख्या ३ पुग्यो, १० घाइतेको उपचार काठमाडौँमा जारी

नुवाकोटमा टाटासुमो दुर्घटना– मृतकको संख्या ३ पुग्यो, १० घाइतेको उपचार काठमाडौँमा  जारी

नेपालखबर
चैत १८, २०७९ शनिबार ८:४५, त्रिशूली

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ। 

बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौँ जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारका क्रममा गएराति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

उनका अनुसार काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो। घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो। घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .