पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्तीमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय (मकवानपुर) का अनुसार रौतहटको गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख १७४० नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मनहरी गाउँपालिका–७, सुनाचुरीकी ७१ वर्षीया मनमाया थिङको मृत्यु भएको हो। बसले बुधबार बिहान २ बजेतिर वृद्धालाई ठक्कर दिएको हो।
बसको ठक्करबाट गम्भीर घाइते भएकी थिङलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइकामा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। बस र बस चालक प्रहरीको नियन्त्रणमा छन्।
27
Shares
प्रतिक्रिया