बागमती


काठमाडौँ महानगरपालिकाको चेतावनी: अहिले विद्यार्थी भर्नाको सूचना प्रकाशन गरे कारबाही

काठमाडौँ महानगरपालिकाको चेतावनी: अहिले विद्यार्थी भर्नाको सूचना प्रकाशन गरे कारबाही

फाइल फाेटाे : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह


नेपालखबर
माघ १२, २०८० शुक्रबार २१:२९, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयलाई आगामी शैक्षिक सत्र २०८१ का लागि अहिले विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशन नगर्न निर्देशन दिएको छ। 

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले सूचना जारी गरी महानगर क्षेत्रभित्रका केही विद्यालयले शैक्षिक सत्र २०८१ का लागि अहिले नै अनलाइन तथा अन्य विभिन्न माध्यमबाट भर्नाको सूचना प्रकाशन गरेको भन्ने उजुरी प्राप्त भएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। 

सूचनामा भनिएको छ, ‘शैक्षिक सत्रको सुरुआतको समय नभई विद्यार्थी भर्नाका लागि कुनै पनि तरिकाले सूचना प्रकाशन नगर्न/नगराउन सूचित गरिन्छ।’

भर्नाको सूचना जारी गरेको पाइएमा महानगर शिक्षा ऐन, २०७५ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .