बागमती


काठमाडौँमा पनि बढ्यो गर्मी, तापक्रम ३४ डिग्री सेल्सियसम्म पुग्ने अनुमान

काठमाडौँमा पनि बढ्यो गर्मी, तापक्रम ३४ डिग्री सेल्सियसम्म पुग्ने अनुमान

नेपालखबर
बैशाख १०, २०८१ सोमबार ११:१४, काठमाडौँ

दिनप्रतिदिन देशभर तापक्रम बढिरहेको छ। जसका कारण विशेषगरी तराई क्षेत्रको जनजीवन कष्टकर बनिरहेको छ। 

त्यसो त केही दिनयता काठमाडौँ उपत्यकामा समेत गर्मी ह्वात्तै बढेको छ। पानी नपर्ने र दिनभर चर्काे घाम लाग्ने गरेका कारण तापक्रम बढिरहेको हो। 

यसै क्रममा आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसम्म चढ्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। 

आइतबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस थियो। आजको अधिकतम तापक्रम भने साँझ ५ः४५ बजे सार्वजनिक हुनेछ।   

आइतबार भैरहवा र जनकपुरको अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको मौसम महाशाखाले जनाएको छ। 

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.२ डिग्री सेल्सियस रहेको मौसम महाशाखाले जनाएको छ। 

मौसमविद्का अनुसार न्यूनतम तापक्रम नै १५ डिग्री सेल्सियसभन्दा माथि उक्लिनु भनेको बिहानैदेखि तातो हुनु हो। 

विगत २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

हरेक दिन न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम ५:४५ बजे सार्वजनिक गर्ने गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .