बागमती


पुलबाट त्रिशूलीमा सँगै हामफालेका महिलाको उद्धार, पुरुष बेपत्ता

पुलबाट त्रिशूलीमा सँगै हामफालेका महिलाको उद्धार, पुरुष बेपत्ता

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८१ मंगलबार १४:१७, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिका-९, दासढुंगा र तनहुँको देवघाट गाउँपालिका-५, दासढुंगा जोड्ने पुलबाट मंगलबार सँगै त्रिशूली नदीमा हामफालेका महिलाको उद्धार गरिएको छ भने पुरुष बेपत्ता भएका छन्।

रा ५ प ९९४० नम्बरको मोटरसाइकलमा आएका अन्दाजी ५० वर्षका पुरुष र ४० वर्षकी महिला पुलको बीचमा पुगेर नदीमा हामफालेको प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी गराएका छन्।

खबर पाउनासाथ खटिएको प्रहरीले स्थानीयको सहयोगमा महिलालाई उद्धार गरेर भरतपुर सरकारी अस्पतालमा पठाएको छ। रक्सी पिएकी ती महिलाको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ।

उनले आफ्नो नाम, थर र ठेगाना भने बताएकी छैनन्। तर प्रहरीले उनको साथबाट दाङको शान्तिनगर ७ घर भई ३० वर्षकी सीता चौधरी नामको नागरिकता फेला पारेको छ।

नदीमा बेपत्ता भएका पुरुष दाङको तुलसिपुर ६ का ५१ वर्षीय खगेन्द्र डाँगी भएको उनको आफन्तले बताएका छन्।

अहिले परिवार प्रहरीको सम्पर्कमा आएका छन्। उनको खोजतलास जारी भए पनि प्रहरीले फेला पार्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .