ad ad

बागमती


आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना कति?

आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना कति?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
जेठ २५, २०८१ शुक्रबार ७:५७, काठमाडौँ

आज (शुक्रबार) काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार उपत्यकामा दिउँसो हल्का वर्षा हुने सम्भावना देखिएको हो। 

महाशाखाले उपत्यकामा पानी पर्ने सम्भावना ३० प्रतिशत देखाएको छ। 

मौसमविद् पुडासैनीका अनुसार अहिले भने काठमाडौँ उपत्यकामा पानी परेको छैन। ‘उपत्यकाको आसपास उत्तरतर्फ सिन्धुपाल्चोक क्षेत्रतिर भने वर्षा भइरहेको छ’, उनले भने। 

 मौसम बिहानैदेखि आंशिकदेखि साधारणतया बदली (कतै बाक्लो बादल, कतै पातलो बादल) भएको उनले बताए। 

‘आज उपत्यकाको मौसम दिनभर यस्तै यस्तै हुने अनुमान छ’, उनले भने। 

यसैबीच काठमाडौँ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम १९.४ डिग्री सेल्सियस मापन गरिएको जानकारी पनि उनले दिए। अधिकतम भने २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान मौसम महाशाखाले गरेको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .