काठमाडौँ उपत्यकामा आज (मंगलबार) भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार बेलुका ६:४५ बजे दिएको तथ्यांकअनुसार विगत १२ घण्टामा काठमाडौँको एक स्थानमा भारी वर्षा भएको हो।
महाशाखाका अनुसार काठमाडौँको धापड्याम स्टेसनमा ५०.२ मिलिमिटर वर्षा भएको हो। मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि वर्षा भयो भने त्यसलाई भारी वर्षा भनिन्छ।
यस्तै विगत १२ घण्टामा काठमाडौँको सुन्दरीजलमा ८.४ मिलिमिटर, ललितपुरको खुमलटारमा ७.८ मिलिमिटर, काठमाडौँको कपनमा २.६ मिलिमिटर, काठमाडौँको कीर्तिपुरमा १.८ मिलिमिटर तथा बबरमहल र बूढानीलकण्ठमा समान ०.२ मिलिमिटर वर्षा भएको मौसम महाशाखाले जनाएको छ।
यसबाहेक काठमाडौँ उपत्यकाका अन्य स्थानमा पनि मापन गर्न नमिल्ने वर्षा भएको छ।
2.3k
Shares
प्रतिक्रिया