ad ad

राजनीति


नेपाल जस्ता देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण : प्रधानमन्त्री

नेपाल जस्ता देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण : प्रधानमन्त्री

नेपालखबर
असार ४, २०८१ मंगलबार १९:१९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण रहेको बताएका छन्।

काठमाडौंमा मंगलबारदेखि सुरू भएको ‘आइडिए (अन्तर्राष्ट्रिय विकास संघ) २१ पुनःपूर्ति (रिप्लेनिसमेण्ट)’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

‘नेपाल जस्ता अल्पविकसित देशका लागि सहुलियत महत्वपूर्ण छ,’ उनले भने, ‘हामी धेरै संकटहरूको सामना कमजोर छौं। जलवायु परिवर्तनको असरले हाम्रो जोखिमलाई अझ बढाएको छ। विश्वव्यापी उत्सर्जनमा नगण्य योगदान दिएपनि नेपाल जलवायु परिवर्तनको प्रतिकुल प्रभावबाट असमान रूपमा प्रभावित छ।

प्रधानमन्त्रीले एशियाका दुई ठूला अर्थतन्त्रहरूबीच नेपलाको रणनीतिक स्थान रहेको भन्दै मेहनति युवा जनसंख्या नै प्रमुख शक्ति भएको बताए। ‘एशियाका दुई ठूला अर्थतन्त्रहरू बीचको हाम्रो रणनीतिक स्थान, हाम्रो प्रचुर जलविद्युत स्रोत, फस्टाउँदै गइरहेको र पर्यटन, कृषि व्यवसाय क्षेत्रहरू र हाम्रो युवा मेहनति जनसंख्या हाम्रा प्रमुख शक्तिहरू हुन्,’ उनले भने।

विनाशकारी भूकम्प, प्रकोप र विश्वव्यापी महामारीका कारण चुनौती समाना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘जसले उत्पादनमा ठूलो नोक्शान पुर्‍याएको छ र आर्थिक समृद्धितर्फको हाम्रो प्रगतिलाई बाधा पुर्‍याएको छ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .