ad ad

बागमती


प्रतिपक्षको नाराबाजीले बागमती प्रदेश सभा बैठक स्थगन

बजेट पुनःलेखन गर्नुपर्ने माग
प्रतिपक्षको नाराबाजीले बागमती प्रदेश सभा बैठक स्थगन

नेपालखबर
असार ६, २०८१ बिहिबार १४:११, हेटौँडा

बागमती प्रदेश सरकारको प्रतिपक्ष दलले बागमती प्रदेशसभा बैठक अवरोध गरेका छन्।

बिहीबार बसेको प्रदेश सभा बैठकमा प्रतिपक्षी दलहरुले बजेट पुनः लेखनको माग गर्दै संसद् अवरुद्ध गरेका हुन्।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय-व्ययको विवरण नै नमिलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन्।

उनीहरूले संसद् बैठकमा नाराबाजीसमेत गरेका छन्।

सांसदहरूले ‘बजेट पुनः लेखन गर, बजेट सन्तुलित बजेट गर, बजेटलाई समावेशी गर, बजेटमा आर्थिक अराजकता गर्न पाइँदैन’जस्ता नारा लगाएका थिए। 

प्रदेश सभा सभामुख भुवन कुमार पाठकले पटकपटक सांसदहरुलाई आसन ग्रहण गर्न रुलिङ गरे पनि प्रतिपक्षी दलहरुले नाराबाजी गर्न नछाडेपछि प्रदेश सभा बैठक आज दिउँसो ३ बजेसम्मका लागि स्थगन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .