ad ad

बागमती


काठमाडौँमा गेस्ट हाउसबाट ब्राउन सुगरसहित युवक पक्राउ

एउटा ल्यापटप, पाँचवटा मोबाइल र १ लाख रुपैयाँ पनि बरामद
काठमाडौँमा गेस्ट हाउसबाट ब्राउन सुगरसहित युवक पक्राउ

बरामद सामान र पक्राउ परेका युवक


नेपालखबर
असार १२, २०८१ बुधबार १४:४७, काठमाडौँ

काठमाडौँमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।  

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार असार ११ गते साँझ ६ बजे काठमाडौँ–२६, मित्रनगरस्थित सारङ्गी छहारी गेस्टहाउसबाट प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले इलाम चुलाचुली गाउँपालिका–३, स्थायी घर भएका २४ वर्षीय राज राईलाई नियन्त्रणमा लिएको हो। 

गोप्य सूचना पाएपछि पुगेको टोलीले उक्त गेस्टहाउसमा राई बस्ने गरेको कोठाबाट लुकाईछिपाई राखिएको अवस्थामा १०.६६ ग्राम ब्राउन सुगर बरादम भएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

उनका अनुसार राईको साथबाट एसर कम्पनीको ल्यापटप एउटा, मोबाइल पाँचवटा, नेपाली रुपैयाँ ५६ हजार र भारतीय रुपैयाँ २५ हजार पनि प्रहरीले बरामद गरेको छ। 

राईलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त महाराजगंजको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .