आज काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यतिबेला (बिहीबार बिहान) काठमाडौँआसपास काभ्रे, सिन्धुपाल्चोक क्षेत्रतिर पानी परिरहेको भए पनि उपत्यकाभित्रै चाहिँ वर्षा भएको छैन।
‘उपत्यकाको आकाशमा बादल विकास भइरहेको छ’, उनले भने, ‘दिउँसो वा अपराह्न हल्का वर्षा हुने सम्भावना छ। उपत्यकामा आज ठूलो वर्षाको सम्भावना भने नरहेको उनको भनाइ छ।
यसैबीच आज बिहान ५४५ को मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१.४ डिग्री सेल्सियस देखिएको मौसमविद् झाले जानकारी दिए।
मौसम महाशाखाका अनुसार आज यहाँको अधिकतम तापक्रम भने २६ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
369
Shares
प्रतिक्रिया