ad ad

बागमती


अख्तियारले बोलायो ललितपुरका मेयर महर्जनलाई, यस्तो छ आरोप

अख्तियारले बोलायो ललितपुरका मेयर महर्जनलाई, यस्तो छ आरोप

फाइल तस्बिर : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन


नेपालखबर
असार २०, २०८१ बिहिबार ८:५२, काठमाडौँ

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ। 

बाढीपहिरो पीडितका नाममा आफूखुसी रकम बाँडेको आरोपमा उजुरी परेपछि अख्तियारले पत्र पठाउँदै मेयर महर्जनलाई सोधपुछका लागि आफ्नो कार्यालयमा आउन भनेको हो। 

अख्तियारमा परेको उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत रकम बाँडेको आरोप छ।

बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा अतिक्रमण भएको भन्दै अख्तियारकी आयुक्त डा.  सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो।

यस्तो छ अख्तियारको पत्रको व्यहोरा– 

विषयः उपस्थित सम्बन्धमा।

श्रीमान् नगर प्रमुखज्यू,
ललितपुर महानगरपालिका, पुल्चोक, ललितपुर।

उपरोक्त सम्बन्धमा २०७७ सालमा आएको बाढी पहिरोबाट ‘धापाखेल २४ मा बाढीपीडितलाई रु एक लाख पचास हजार र दुई लाख पचास हजार नगर कार्यपालिकाको निर्णयविपरीत नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानि हुने काम गरेको’ भन्ने व्यहोराको यस आयोगमा दर्ता भएको उ.द.न. सी–०३८५९७, मिति २०७८।०३। ३१ को उजुरी अनुसन्धानको क्रममा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकोले तपसिलमा उल्लेखित मिति र समयमा सक्कल नागरिकता र एकप्रति पासपोर्ट साइजको फोटोसहित आयोगको महाशाखा नं. ३ मा उपस्थिति भई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।

तपसिल
मितिः २०८१ असार २६ गते बुधबार
समय : बिहान १०.०० बजे
गणेश प्रसाद घिमिरे अनुसन्धान अधिकृत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .