ad ad

बागमती


पहिरोले हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडक बन्द

पहिरोले हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडक बन्द

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८१ शनिबार ८:४१, हेटौँडा

शुक्रबार रातिदेखि जारी वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी-दक्षिणकाली सडक बन्द भएको छ।

हेटौँडा–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सडकमाथिबाट ठूलो पहिरो खसेको र निरन्तर वर्षा भइरहेका कारण तत्काल बाटो खुलाउन सकिने सम्भावना नरहेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त सडक अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .