ad ad

बागमती


काठमाडौँ उपत्यकामा भारी वर्षा, कहिले रोकिएला?

काठमाडौँ उपत्यकामा भारी वर्षा, कहिले रोकिएला?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
साउन २२, २०८१ मंगलबार ८:२४, काठमाडौँ

देशका विभिन्न स्थानसँगै यतिबेला (मंगलबार बिहान ८:२० बजे) काठमाडौँ उपत्यकामा पनि व्यापक मात्रामा वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले उपत्यकामा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको छ।

‘कतै कतै हल्का वर्षा पनि भइरहेको छ’, उनले भने। 

मौसमविद् झाका अनुसार आज दिनभर नै काठमाडौँ उपत्यकामा वर्षा जारी रहने सम्भावना देखिएको छ।

‘लगातार वर्षा नभए पनि पानी पर्ने रोकिने भइरहने देखिन्छ’, उनले भने।

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार पछिल्लो १२ घण्टामा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी कपनमा ९७ मिलिमिटर वर्षा भएको छ। 

यसैगरी सो अवधिमा बूढानीलकण्ठमा ७०.४ मिलिमिटर वर्षा भएको छ। 

यस्तै उपत्यकाका अन्य स्थानमा सुन्दरीजलमा ४८.८ मिलिमिटर, काठमाडौँको धापड्याममा ४५ मिलिमिटर, ललितपुरको लेलेमा ४० मिलिमिटर वर्षा मापन भएको महाशाखाको विवरणमा उल्लेख छ। 

मौसमविद् झाले उपत्यकाका सबै स्थानमा पानी परेको बताए। 

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ। 

यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .