ad ad

बागमती


माछा मार्न गएका ३ जनामध्ये दुईलाई राप्ती नदीले बगायो, खोजीमा हात्तीसहितको टोली

माछा मार्न गएका ३ जनामध्ये दुईलाई राप्ती नदीले बगायो, खोजीमा हात्तीसहितको टोली

माछा मार्न जाँदा राप्ती नदीले बगाएर बेपत्ता २ व्यक्तिको खोजीमा खटिएको टोली।


सुनिता विष्ट
भदौ २२, २०८१ शनिबार १२:१३, हेटौँडा

चितवनको राप्ती नदीमा माछा मार्न गएका तीनजनामध्ये दुई व्यक्ति बेपत्ता भएका छन्।

शुक्रबार (हिजो)  दिउँसो माछा मार्न गएका भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार बेपत्ता भएका हुन्।

उनीहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनीहरूसँगै माछा मार्न गएका भरतपुर-२५ चितई बस्ने वर्ष ३१ को रोहितकुमार चौधरी भने पोडिएर बाँच्न सफल भएको चितवन प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए।

चौधरीसहित तीन जना शुक्रबा दिउँसो २ बजेतिरको समयमा माछा मार्न गएका थिए।

नदी तर्न नसकेपछि फर्किएका रोहितले आफूसँगै गएका अन्य दुई जनालाई जमुनाघाटबाट नदीले बगाएको भनी प्रहरीलाई खबर गरेको प्रहरी प्रमुख रिमालले जानकारी दिए।

शुक्रबार बेपत्ता युवक नभेटिएपछि फेरि आज बिहानैदेखि खोजी थालिएको प्रहरीले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बेपत्ता उनीहरूको खोजीमा हात्तीसहितको निकुञ्ज टोली, स्थानीय तथा प्रहरी खटिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .