ad ad

कला


उपल्लो मुस्ताङमा ४५ लाखको सेट बनाएर फिल्म ‘एक्लो’को धमाधम छायांकन

उपल्लो मुस्ताङमा ४५ लाखको सेट बनाएर फिल्म ‘एक्लो’को धमाधम छायांकन

नेपालखबर
भदौ २२, २०८१ शनिबार १२:३६, काठमाडौँ

नेपाली फिल्म ‘एक्लो’को टिम यतिबेला उपल्लो मुस्ताङमा छ। साइन्स फिक्सनमा आधारित  चलचित्र झन्डै ४० लाख रुपैयाँको सेट तयार गरेर उपल्लो मुस्ताङमा छायांकन थालिएको हो। 

छाया‌ंकन स्थलका केही तस्बिर प्राप्त भएका छन्।

जसमा चलचित्रको सेट निर्माण भइरहेको तथा निर्देशक प्रदीप साही, छायाकार बाबु श्रेष्ठ, हलिउड कलाकार जेमी बेकमलगायत व्यस्त देखिन्छन्। 

कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारका रूपमा समेत जोडिएका हुन्।

करिब एक हप्ताअघि काठमाडौँको भद्रकालीमा चलचित्रको शुभ मुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायांकनपछि निर्माण टोली मुस्ताङ गएको हो। 

चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजका अनुसार मुस्ताङमा ३० देखि ३५ दिनसम्म छायांकन गरिने छ।

हाल उपल्लो मुस्ताङको लोमान्थाङमा छायांकन चलिरहेको छ। चलचित्रलाई, छुसेल, छुसाङ, कागवेनी, जोमसोमलगायतका स्थानमा पनि छयाकंन गरिने निर्माण पक्षले जानकारी गराएको छ। 

मुस्ताङमा छायांकनपछि १५ दिनको समय तालिका मिलाएर काठमाडौँमा छायांकन गर्ने योना छ।

यो चलचित्रमा स्टारकास्टहरूको लाइन नै लागेको छ। जसमा  प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङसहित बेलायती अभिनेता जेमी बेकनको समेत अभिनय रहनेछ।

चलचित्र एक्लोका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्मातामा विनोद सुवेदी क्षितिज छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .