ad ad

बागमती


मकवानपुरमा पहिरोले पुरिँदा फूलमायाको मृत्यु

मकवानपुरमा पहिरोले पुरिँदा फूलमायाको मृत्यु

नेपालखबर
असोज १२, २०८१ शनिबार १८:२३, हेटौंडा

पहिरोले घर पुरिदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ। 

मकवानपुरको बागमती गाउँपालिका–३ स्थित सुख्खा सल्लेनीमा पहिरोले घर पुरिदा २० बर्षीया फूलमाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

शनिबार (आज) दिउँसो घरमाथिबाट आएको पहिरोले घर पुरिदा फूलमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार परिवारका अन्य सदस्यहरुले भने भागेर ज्यान जोगाएका हुन्। 

फूलमायाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .