ad ad

अपराध


रौतहटस्थित रामजानकी मन्दिरका पुजारीमाथि खुकुरी प्रहार

रौतहटस्थित रामजानकी मन्दिरका पुजारीमाथि खुकुरी प्रहार

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १३:३८, काठमाडौँ

रौतहटमा एकजना पुजारी (साधु) माथि सांघातिक आक्रमण गरिएको छ।

जिल्लाको दुर्गा भगवती गाउँपालिका-३ देवीपर्सा टोलस्थित रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो।

रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले साधुलाई आक्रमणबारे जानकारी पाउनेबित्तिकै प्रहरीको टोली पठाइएको बताए।

पुजारीमाथि आक्रमण कसले र किन गर्यो भन्ने खुलिनसकेको उनले बताएका छन्। 

स्थानीयबासी उमेश साहले बिहीबार राति अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियारले हानेको बताए। त्यसपछि गाउँलेले प्रहरीको सहयोग मागेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .