धादिङको मूलपानीमा भएको वृद्ध दम्पतीको हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई नियन्त्रण लिएको हो।
जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-३ मूलपानीको आहाले गाउँका ७४ वर्षीय बलबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगरको शव मङ्सिर २६ गते सोमबार बिहान घरमै भेटिएको थियो।
स्थानीयवासीका अनुसार प्रहरीले नियन्त्रणमा लिएका एकजना कक्षा ८ र अर्का कक्षा ६ मा अध्ययनरत बालक हुन्।
नियन्त्रणमा लिएका दुवै बालकलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए।
Shares
प्रतिक्रिया